newskoseli.Com

‘आराम कक्ष’ मै प्रधानमन्त्रीले भेटे प्रचण्ड र ईश्वरलाई : के–के भयो सल्लाह ?

फाइल तस्बिरः रासस

मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरे । उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालका कार्यक्रमहरु भने राखिएनन् ।

प्रचण्डसँग दिउँसो केहीबेर आराम कक्षमै कुराकानी गरेका ओलीले ‘बिस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको शीर्ष नेताहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर