newskoseli.Com

अतिक्रमण रोक्न ‘अकुपाइ टुँडिखेल’ अभियान

टुँडिखेलाई अतिक्रमणमुक्त गर्न ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरिने भएको छ । टुँडिखेलमा भइरहेको अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्ने अभियानस्वरूप संरक्षणकर्मी अभियन्ताहरूले यस्तो अभियान सञ्चालन गर्न लागेका हुन् ।

२३ कात्तिकमा विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस्तो अभियान सञ्चालन गर्न लागिएको अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा ऐतिहासिक महत्त्व बोकेको टुँडिखेललाई अतिक्रमण हटाएर सार्वजनिक उपयोगमा ल्याउनुपर्ने माग अभियन्ताहरूले गर्दै आएका छन् ।

सार्वजनिक जग्गा खुलै राख्ने दबाब दिन अभियान सञ्चालन गर्न लागिएको अभियन्ताको भनाइ रहेको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर