संयुक्त राज्य अमेरिकाले नेपाल राष्ट्र भारतको ‘आतंकवादी’ समूह मुजाहिद्दिनको क्रीडास्थल भएको अनर्गल आरोप लगाएके छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कथित आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्वरभूमि भएको उल्लेख छ ।
मुजाहिद्दिन मुस्लिम समुदाय निकट विद्रोही समूह हो । यसले भारतमा दर्जनौं पटक बम हमला गर्दा सयौं नागरिकको ज्यान गएको सो अमेरिकी प्रतिवेदनमा उल्लेख छ । मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैस–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको त्यही प्रवितदेनमा उल्लेख छ ।
‘भारतीय मुजाहिद्दिन (आईएम) को लक्ष्य भनेको भारतीयमाथि कारबाही गर्नु रहेको छ । भारतमा मुसलमानमाथि भएको दमनको बदला लिनु उसको लक्ष्य हो, यसका लागि आईएमले नेपालमा आफ्नो अपरेसनको क्षेत्र विस्तार गरेको छ । नेपाल अहिले आईएमका लागि सबैभन्दा ठूलो केन्द्र हो’– हावादारी सो प्रतिवेदनमा लेखिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।