अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षातसँगै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्– ‘यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ ।’ हिउँदको सुरूआतअघि नै हिमपातको सम्भावनासम्बन्धी यो खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।