अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले पनि कैदी पत्नीसँग भेट्न र सहवास गर्न पाउनेछन् ।
कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । गर्भवती महिला कैदीले ६० दिन सुत्केरी बिदा समेत पाउनेछिन् । यी र यस्तै व्यवस्था समेटेर सरकारले कारागार ऐन संशोधन विधेयक तयार पारेको छ । संसदको आउँदो हिँउदे अधिवेशनमा यो विधेयक पेस हुँदै गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।