सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको ‘वान टु वान’ छलफलपछि सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।
नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकमा १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी, पार्टी एकताका बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने छ ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।