‘भीआईपी’ कैदी–बन्दीको रोजाईमा डिल्लीबजार कारागार पर्ने गरेको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पुक्षका लागि कारागार चलान गर्नुअघि कुन कारागार जाने भनेर सोधियो । महराले डिल्लीबजार रोजे ।
उनी मात्र होइन, पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले पनि डिल्ली बजार रोजेका थिए । यसअघि पूर्वमन्त्री जेपी गुप्तालगायत धेरैले पनि यही कारागार रोजेका थिए । अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदी–बन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।