newskoseli.Com

हटाइने भनिएका मन्त्रीहरू ‘ढुक्क’ : अझै ‘रहस्यमय’ मन्त्रिपरिषद् पुनर्गठन !

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचारको अझै पुष्टि हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हटाइने’ भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि मन्त्रिपरिषदको पुनर्गठन अझ ‘रहस्यमय’ बनेको छ ।

प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीमण्डलको पुनर्गठन गर्ने चर्चा एक सातादेखि उत्कर्षमा पुगिरहे पनि त्यो विषय कार्यान्वयनको तहसम्म भने अझै पुगेको छैन । झन्डै दुईतिहाई बहुमतमा नेकपाले गठन गरेको र अर्को पक्ष समेतलाई समेट्दा दुईतिहाई नै रहेको सरकारले द्धन्डै दुई वर्ष पूरा गर्दा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी भैरहेको छ । यसो हुनुमा कतिपय मन्त्रीहरुले राम्ररी कार्यसम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री अ‍ोलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् ।

मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा चलिरहने तर निर्णय चाहिँ नहुने भैरहँदा सरकारको काममा थप अन्योल र आलस्यता बढेको समेत टिप्पणी गर्न थालिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर