पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अस्वीकार गरेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिए पनि संसदमा सभामुख नभएको अवस्थामा उपसभामुखले पनि राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै राजीनामा दिन तुम्बाहाङ्फेले अस्वीकार गरेको बताइएको छ ।
तर, संघीय संसदकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भने राजीनामा दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नै नभएको बताएकी छन् । उपसभामुखबाट राजीनामा दिएर मन्त्री बनाउने विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताएकी हुन् ।
उपसभामुख तुम्बाहाङ्फेले भनिन्– ‘म नियमित काम गरिरहेकी छु, उपसभामुखबाट राजीनामा दिनुपर्ने प्रस्ताव कतैबाट पनि आएको छैन ।’ सभामुख–उपसभामुख चयनको नयाँ बहस र कसरतसम्बन्धी यो खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।