काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ मा पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
एक तहमुनिको अदालतले गरेको आदेशविरुद्ध पुनरावलोकनका लागि एक तहमाथिको अदालतमा आवेदन गर्न पाइने कानुनी व्यबस्था छ । डिल्लीबजार कारागारमा राखिएका पूर्वसभामुख महराले सोही व्यवस्थाअनुसार पुनरावलोकनका लागि निवेदन दिएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।