newskoseli.Com

‘हेपिएर’ नैतिक दबाबमा उपेन्द्र यादव : समाजवादी सरकारमै टाँसिइरहला कि फिर्ता होला ?

प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन् ।

उनी नआउँदै देशभित्र प्रश्न उब्जिएको छ– अब उपेन्द्रले के गर्लान् ? यसै विषयमा उनको पार्टी समाजवादीमा मतभेद सुरु भइसकेको छ । कोही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारणामा । समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा रहेका छन् ।

यादवको मन्त्रालय परिवर्तनमा प्रधानमन्त्रीको शैली निरंकुश देखिएको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अडानमा छन् डा. भट्टराई । समाजवादी पार्टी सरकारमा सामेल नहोस् भन्ने सोच प्रधानमन्त्रीले राखेकै कारण पनि सरकारबाट फर्कनुको विकल्प नभएको भट्टराईको सुझाव छ ।

उपप्रधानमन्त्री यादव निकट समाजवादी पार्टीका नेता डा. शिवजी यादव भने मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताउँछन् । आफूहरू सरकारबाट बाहिरिएमा राजपा सरकारमा जाने दाबी डा. यादवले गरे । राजपालाई सरकारमा जान नदिइने उनले बताए ।

संघीय सरकारमा राजपा सहभागी भएलगत्तै प्रदेश– २ मा समेत नेकपा र राजपा मिलेर नयाँ सत्ता समीकरण निर्माण हुन सक्ने उनको अनुमान रहेको खबर नवीन झाको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर