newskoseli.Com

‘अङ्गप्रदर्शन मात्र फेसन होइन’

चिसो बढ्दै गएको काठमाडौंमा दिन छिप्पिएर साँझ नपर्दै चिसोले सताउँछ । शरीरले न्यायो कपडाको माग गर्न थालिसकेको हुन्छ । जाडो मौसममा लगाइने लुगाका विभिन्न ‘ब्रान्ड’ मा तन्नेरीका आँखा पर्न थालेका छन् ।

अहिले युवतीका निम्ति कोरियन डिजाइनका फिटिङ लेदर ज्याकेट, लङ उनी स्वेटर तथा बुट बढी लोकप्रिय छन् । ‘नायिका’ पूजा शर्मालाई जाडो महिना नै मन पर्छ । ‘अङ्ग प्रदर्शन गर्नु मात्र फेसन होइन,’ उनी भन्छिन्– ‘म पनि फेसनमा त्यत्तिकै चासो राख्छु तर छोटा–छोटा पहिरनले मात्र आफू ‘फेसनेबल’ हुन्छु भन्ने मान्दिनँ ।’

जाडो महिनामा छाला, अनुहार सुरक्षित हुनुका साथै नयाँ–नयाँ लुगाको मजा पनि लिन सकिन्छ । बुटको साथमा लङकोट लगाउनेमा आफूलाई खुब स्मार्ट लाग्ने शर्मा यो जाडोमा पनि अर्को बुट, लङकोट र हाफकोट किन्ने विचारमा छिन् । टोपी र स्कार्फलाई मिलाएर लगाउन मन पर्ने उनले बताएको खबर यलु जोशीको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर