newskoseli.Com

वीर अस्पतालको जग्गा व्यक्तिको नाममा : प्रतिवेदन गुपचुप राखी अर्काे छानबिन समिति

वीर अस्पतालको गुठीका नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ मा तयार पारिएको प्रतिवेदन गुपचुप राखेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेरि अर्को छानविन समिति गठन गरेको छ ।

तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीका नाममा मुलुकभर रहेको करिव १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्रका महत्त्वपूर्ण स्थानमा रहेका जग्गा व्यक्तिका नाममा रहेको उल्लेख छ । त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न न्याम्सले अर्को समिति गठन गरेको हो ।

वीर अस्पताल गुठीका नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको न्याम्सका उपकुलपति डीएन साहले बताए । उनका अनुसार समितिले काम थालिसकेको खबर सुनील सापकोटाको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर