तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।
नेपाली झन्डासहितको पानीजहाज सञ्चालनपछि आयात–निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ । नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।