newskoseli.Com

धरहराकाे पुनर्निर्माण समयमै नसकिने, किन ?

जग्गा प्राप्तिमा भएको ढिलाइका कारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने अवस्था देखिएको छ । निर्माणको जिम्मेवारी पाएको जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सनले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि पूर्वयोजनाअनुसार समयमै जग्गा उपलब्ध नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो ।

मन्त्रिपरिषदको निर्णयबाट सञ्चय कोषका नाममा रहेको जग्गा पुनर्निर्माण प्राधिकरणलाई उपलब्ध गराउन ढिलो हुँदा काममा ढिलाइ हुने अवस्था आएको हो । जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सन र सरकारबीच धरहरा पुनर्निर्माणका लागि २०७५ भदौ २५ मा ठेक्क सम्झौता भएको थियो ।

तर, ठेक्का सम्झौता भएको १४ महिना बितिसक्दा पनि ३१ प्रतिशत मात्रै काम सम्पन्न भएकाले समयमै निर्माण सम्पन्न नहुने देखिएको हो । सम्झौताअनुसार ९ महिनामा करिव आधा काम भइसक्नुपर्ने थियो, जसअनुसार हालसम्म धरहराको १० तला ठड्याइसक्नुपर्ने भए पनि भुइँतलाको काम मात्र सम्पन्न भएको खबर मनिका खतिवडाको बाइलाइनमा बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर