भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारालाई ‘देशभक्त’ भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीकी विवादास्पद सांसद ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि उनलाई महत्त्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।
नाथुराम गोड्सेलाई ठाकुरले ‘देशभक्त’ भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा पनि उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको तल्लो सदनको छलफलका क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेको खबर एजेन्सीलाई उद्धृत गर्दै शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।