राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको छ । राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको हो ।
कतिपय आयोजनाहरु चर्चामा रहे पनि प्रगति भने शून्यप्राय रहेको खबर निरु अर्यालको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।