newskoseli.Com

‘रेल बिस्तारै, सडक तत्काल’ : चीनको ‘सुझाव’

सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न चीनले सुझाव दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फ ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो ।

‘तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडकमार्गमार्फत् ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको छ’– टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर