newskoseli.Com

स्थायी कमिटी सकिँदै, केन्द्रीय कमिटी बस्दै : नेकपाले विधान संशोधनदेखि महाधिवेशनसम्मको प्रस्ताव पारित गर्दै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताको २० महिनापछि २० पुसमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक तय गरेको छ । ३ जेठ, २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बनेको थियो ।

पार्टी एकतापछि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन र परिचय तथा शपथग्रहणका लागि जम्मा एक चोटि मात्र केन्द्रीय कमिटीको बैठक बसेको थियो, त्यसयता बस्न सकेको छैन । तर, विधानमा भने प्रत्येक ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ । नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार २० पुसमा काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको छ ।

स्थायी कमिटी बैठकमा बोल्ने सदस्यहरूले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सल्लाहमा बैठक बस्न लागेको हो । मंसिर २९ मा सुरु भएको सो पार्टीको स्थायी कमिटीको बैठक आइतबार सकिँदैछ । बैठकले विधान संशोधनदेखि महाधिवेशनसम्मका प्रस्ता समावेश राजनीतिक प्रतिवेदन र विधान संशोधन पारत गर्ने खबर सुभाष साहको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर