newskoseli.Com

नेकपाद्वारा भारतीय नक्सा अस्वीकार, एमसीसीबारे सचिवालयले नै निर्णय गर्ने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई दिएको छ । भारतद्वारा हालै जारी नक्सा अस्वीकार गर्ने निर्णय नेकपाको सो बैठकले गरेको छ ।

२९ मंसिरदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा चलेको बैठक आइतबार सम्पन्न भएको छ । स्थायी कमिटीको बैठकमा एमसीसीबारे चर्काचर्की बहस भएपछि त्यसबारे निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई दिइएको छ । एमसीसी सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा पक्ष र विपक्षमा गम्भीर छलफल भएको थियो ।

यस्तै, लिम्पियाधुरा उद्गमस्थल रहेको महाकाली नदी पूर्वको नेपाली भूभाग समेत समावेश गरेर भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार गर्दै सो नक्सा नमान्ने घोषणा नेकपाको बैठकले गरेको छ । नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भूभाग फिर्ता गर्न तथा त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर