सिन्धुपाल्चोकको चौतारामा हुर्किएकी बिनु शाक्य एक दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छिन् । बिनुले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । इजिप्टबाट सुरु भएर विश्वभर मौलाएको ‘बेली डान्स’ मा उनले भविष्य देखेकी छन् ।
बिनुले नाचेरै अथाह खुशी सँगालेकी छन् । घरकी कान्छी छोरी हुन् बिनु । उनका दुई दिदीहरु नचेको देखेरै उनले पनि कम्मर मर्काउन सिकेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।