पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय नागरिककै हैसियतमा त्यहाँको प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको प्यान कार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण समेत प्राप्त भएको छ ।
दोहोरो नागरिकता लिएको सम्बन्धमा उनीमाथि छानबिन भइरहेको छ । कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो क्याटगोरीको कार्ड भारतीय नागरिकको विशेषाधिकार हो ।
गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले समेत नपाउने यो क्याटगोरीको कार्ड नेपालका पूर्वगृहराज्यमन्त्रीले लिइरहेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।