newskoseli.Com

प्रधानमन्त्रीलाई नै टेरेनन् सचिवले : सिंहदरबारमा अटेरीको यो हद !

संघीय राजधानी मात्र नभएर देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ । प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशन समेत कर्मचारीले लत्याएको पाइएको छ ।

१५ दिनभित्र कारबाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारबाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ । कारबाहीको विवरण मन्त्रालय–कार्यालयका प्रमुखले पठाउनुपर्ने व्यवस्था छ ।

सहसचिवसम्मका कर्मचारी छड्केमा परेकाले मन्त्रालयका सचिवले कारबाहीको विवरण पठाउन आलटाल गरिरहेका छन् । प्रधानमन्त्रीको निगरानीमा रहेको सतर्कता केन्द्रले भ्रष्टाचार तथा अनुचित काम न्यूनीकरण गर्न स्थलगत अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने व्यवस्था छ । उसले मन्त्रालय–कार्यालयको अनुगमन गर्ने क्रममा कर्मचारीको कार्यालय समय पालना र तोकिएको पोसाक लगाए–नलगाएको अनुगमन गर्दै आएको छ ।

केन्द्रले ०७६ असोस २८ मा सिंहदरबारमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा छड्के गरेको थियो ।

त्यसैगरी, असोज ३० मा सिंहदरबारमै रहेका खानेपानी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मुद्रण विभागको पनि अनुगमन गरेका थियो । र, दुई सहसचिव सहितका कर्मचारी छड्केमा परेका थिए ।

केन्द्रले सचिवस्तरीय निर्णय गरेर कारबाहीको जानकारी सम्बन्धित मन्त्रालय–कार्यालयलाई पठाउने गरेको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर