newskoseli.Com

राष्ट्रियसभा निर्वाचन : १८ पदका लागि ४५ उम्मेदवार

फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाका १८ सिट (सदस्य) का लागि आइतबार भएको मनोनयन दर्ता विवरणअनुसार ४५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका सातवटै प्रदेशस्थित कार्यालयमा पुगेर सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश– २ मा नेकपा र राजपाले संयुक्त जुलुस निकालेर उम्मेदवारी दर्ता गराए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । मतदान माघ ९ गते सम्बन्धित प्रदेशमा हुने खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर