newskoseli.Com

‘दबाव दिन’ जिल्ला सभापतिहरुको भेला : ‘कारबाही गर्ने’ देउवाको चेतावनी

बहुमत सदस्यहरुको आडमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाट गराएको निर्णय ‘परिवर्तन’ का लागि ‘दबाव दिन’ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफू निकटका जिल्ला सभापतिको भेला सुरु गरेका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमै सुरु भएको सो भेलामा उपस्थित हुने र आफूहरुको निर्णयविरुद्ध अभिमत प्रकट गर्ने जिल्ल सभापतिहरुमाथि कारबाही गरिने चेतावनी सभापति देउवाले दिएका छन् । केन्द्रीय समितिको पुस ११ मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले बहुमतबाट पार्टीको चौधौं महाधिवेशनको प्रयोजनका लागि विधानका केही धारा निलम्बन गर्ने र महाधिवेशनको कार्यतालिका तय गर्ने निर्णय गरेको थियो ।

सोबैठकबाट खासगरी क्रियाशील सदस्यतासँग सम्बन्धित धारा निलम्बन गरिएको थियो । यसमा पौडेल र सिटौला पक्षले असहमति जनाउँदै आएका छन् । उक्त निर्णय बदल्न सभापतिलाई कसरी दबाव दिने भन्ने विषयमा रणनीति तयार पार्न संस्थापनइतर पक्षले जिल्ला सभापतिहरुको भेला सुरु गरेको हो । सोमबार सुरु भएको सो भेला मंगलबार सकिनेछ ।

७७ जिल्ला सभापतिमध्ये बहुमत जिल्ला सभापतिहरुको भेलामा उपस्थिति रहेको दाबी गरिएको छ । यसबाट सभापति देउवालाई निर्णय सच्याउन नैतिक दबाब पर्ने पौडेल पक्षधर नेताहरूको भनाइ छ । सोमबारको भेलामा ४७ जना जिल्ला सभापति उपस्थित रहेको नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले दाबी गरे । मंगलबार अरु दुई सभापति समेत थप सहभागी हुने उनको भनाइ रहेको खबर भुवन शर्माको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर