newskoseli.Com

दरबार हत्याकाण्ड भएकै ठाउँ हेर्न पाइने तर वर्षदिन पछि…

दरबार हत्याकाण्ड भएको विस्तारित स्थान अबको एक वर्षपछि सर्वसाधारणका लागि खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुने गरी १९ जेठ, २०५८ मा भएको हत्याकाण्डस्थल बिलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो ।

युवराजधिराज पद पाएपछि छुट्टै बस्ने परम्परा अनुसार दीपेन्द्र शाह १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए । दीपेन्द्रको निजी निवासका रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए । नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भर्‍याङ चढेर त्रिभुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जो संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ ।

हत्याकाण्डअघि त्रिभुवन सदन जस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ । सदन निर्माण भएलगत्तै दरबार हत्काकाण्ड हुँदाका बखत रहेका दीपेन्द्रका सामग्री जस्ताको तस्तै राख्ने तयारी समितिले गरिरहेको खबर ईश्वरराज ढकालको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर