newskoseli.Com

अमेरिका–इरान युद्ध सुरू : नेपाली फिर्ता ल्याउन थालियो पहल

अमेरिका र इरानबीचको द्वन्द्व चर्कंदै गएर युद्धकै रूप लिन थालेपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।

इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । इरानले मङ्गलबार इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ । दुई देशबीच युद्ध भएको खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवन समेत सङ्कटमा पर्ने देखिएपछि नेपाल सरकारले सुरक्षा दिने र आपत परेको खण्डमा तत्काल फिर्ता ल्याउने पहल थालेको हो ।

सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च सतर्कतामा रहन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्देशन दिएका छन् । सबै निकायसँग लगातार सम्पर्क गरी मन्त्री ज्ञवालीले त्यहाँको अवस्थाबारे जानकारी लिइरहेको खबर चाँदनी हमालसीता शर्माको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर