newskoseli.Com

‘मैलाई सभामुखको उम्मेदवार बनाउनोस् नत्र चुनाव गराइदिन्छु’ : ओली–प्रचण्डलाई तुम्बाहाङ्फेको चेतावनी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई नै सभामुख बनाउन प्रस्ताव गरेकी छन् ।

उपसभामुख तुम्बाहाङफेले शनिबारभित्र आफैंलाई उम्मेदवार बनाउने निर्णय नलिए आइतबारदेखि संसद चलाएर सभामुख निर्वाचनको प्रक्रिया अघि बढाइदिने र त्यसो हुँदा नेकपाले सभामुख पद गुमाउने चेतावनी दिएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

ओली, प्रचण्ड र तुम्बाहाङ्फेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले शनिबारभित्र आफैंलाई उम्मेदवार बनाउने निर्णय नलिए आइतबारदेखि संसद चलाएर सभामुख निर्वाचनको प्रक्रिया अघि बढाइदिने र त्यसो हुँदा नेकपाले सभामुख पद गुमाउने चेतावनी दिएकी छन् ।

सभामुख उम्मेदवारको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसक्ने उनले बताएको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर