newskoseli.Com

चालकलाई ५० हजार दिएर दिलिपको हत्या !

अवैध उत्खनन रोक्न खोलामा पुगेका धनुषाका दिलिप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न ‘क्रसर डन’ ले ट्रिपर चालकलाई रकमको प्रलोभन देखाएर लगाएको रहस्य सार्वजनिक भएको छ । मिथिला नगरपालिका– ५, श्रीपुरका ओमप्रकाशलाई शुक्रबार ट्रिपरले किचेर हत्या गरिएको थियो ।

चुरियामाई बालुवा प्रशोधन उद्योग, श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलिपको हत्या गराएको दाबी स्रोतले गरेको छ । उत्खनन रोक्न गएका दिलिपलाई क्रसरधनी विपिन, लोडर चालक बर्दिबास नगरपालिका– १२, बिजलपुरा, महोत्तरीका जितेन्द्रकुमार महतो र बर्दिवास नगरपालिका– ९, पशुपतिनगरका ट्रिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए ।

ट्रिपरले किच्नुअघि विपिनले पहिले दिलिपसँग झगडा गर्दै लिभरले कुटेका थिए । कुटाइबाट गम्भीर घाइते दिलिपको हत्या गर्ने योजना खोलामै बनेको थियो । किचेर हत्या गराउन क्रसरधनी विपिनले ट्रिपर चालक मुनिन्द्रसँग ५० हजारमा ‘डिल’ गरेका थिए ।

‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ, यसलाई मार्नैपर्छ नत्र हाम्रो व्यापार नचल्ने भयो’– दिलिपको हत्या गर्नुअघि विपिनले ट्रिपर चालकसँग गरेको डिलबारे जानकारी दिँदै स्रोतले भन्यो । कुटपिटबाट बेहोस भएका दिलिपलाई खोलामै लिकमा राखेर ना. ७ ख ६४१३ नम्बरको लोड ट्रिपर ब्याक गरेर हत्या गरिएको थियो ।

श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन् । राति चोरेर बालुवा–गिट्टी उत्खनन गरिरहेको पाएपछि साथी रोशनसँगै दिलिप खोलामा पुगेको र उनको त्यहीं हत्या भएको खबर गोविन्द महतोको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर