newskoseli.Com

नागरिकताको अभिलेख नै बचाउन नसक्ने काठमाडौं जिल्ला प्रशासन !

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी नेपाली नागरिकताको प्रमाणपत्रको वि.सं. २०३९ देखि २०४३ सम्मको अभिलेख प्रशासन कार्यालयसँग छैन । के कारणले अभिलेख हराएको हो भन्ने विषयमा सो कार्यालयलाई थाहा पनि छैन ।

नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख तत्कालीन अञ्चलाधीश कार्यालयमा पुर्‍याइएको र २०४६ को जनआन्दोलनका क्रममा अञ्चलाधीश कार्यालयमा आगलागी हुँदा अभिलेख नष्ट भएको अनुमान भए पनि यो कुरा औपचारिक रूपमा बताउन कोही चाहँदैनन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने त्यतिबेलाको अभिलेख जुटाउने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार यो समयमा नागरिकता प्रमाणपत्र लिएकालाई नयाँ नागरिकताको अनुसूची भर्न लगाएर सम्बन्धित वडा कार्यालयको सिफारिस र निवेदकको तीन पुस्ताभित्रकाको सही सनाखत गराएर नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर