newskoseli.Com

नेकपामा छ यस्तो गुटबन्दी : अध्यक्षद्वयबाटै निर्देशनको उल्लंघन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंसिर २९ मा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे ।

त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी गर्न नपाइने भन्दै नेता–कार्यकर्तालाई निर्देशन जारी गर्‍यो । तर, राजनीतिक प्रतिवेदनमा गुटबन्दी अन्त्यका लागि वैधानिक व्यवस्था गर्न प्रस्ताव राख्ने दुई अध्यक्ष र सचिवालयका सदस्य तथा गुटबन्दी नगर्न निर्देशन दिने नेताहरू स्वयं नै गुटबन्दीमा लागेका छन् ।

स्थायी कमिटीको बैठक चलिरहेकै अवस्थामा अध्यक्ष प्रचण्डले पूर्वमाओवादी समूहका नेताहरूलाई खुमलटारमा बोलाएर बैठक गरे । स्थायी कमिटीको बैठक बसिरहेका बेला यसरी आफ्नो समूहका नेताहरूलाई बोलाउनु नै गुटबन्दी थियो । त्यतिबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने स्थायी कमिटीको बैठकमा सहभागी थिएनन् । बैठक सकिएपछि ओली र प्रचण्ड दुवैले गुटबन्दी अन्त्यका लागि अन्तर्पार्टी निर्देशन जारी गरे ।

पछिल्लो पटक अध्यक्ष प्रचण्डले नै त्यसको उल्लंघन गर्दै आएका छन् । दुई अध्यक्षले कम्युनिस्ट पार्टीमा ‘गुटबन्दी खतरनाक क्यान्सर रोग’ भएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि कमिटीका पदाधिकारीले वैधानिक व्यवस्थावमोजिम प्रस्ताव तयार पार्ने, निर्धारित समयमा पार्टी कमिटीको बैठक बस्नेजस्ता काम गर्न परिपत्रमा निर्देशन दिएका थिए ।

तर, पुस २३ मा अध्यक्ष प्रचण्ड नै सहभागी भएर संगठन विभाग प्रमुख समेत रहेका वामदेव गौतमको घरमा गुट भेला भयो, जसमा पार्टीभित्र बलियो गुटको नेतृत्व गर्ने माधवकुमार नेपाल, अर्को समूह चलाउने नारायणकाजी श्रेष्ठ र गुटविरोधी रहे पनि कहिलेकहीं गुट अदलबदल गर्ने नेताका रूपमा चिनिने झलनाथ खनाल समेत सहभागी थिए ।

नेकपाभित्र ओली–प्रचण्डका अतिरिक्त नेपाल, गौतम, श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ ले पनि गुट चलाउँछन् । सो पार्टीभित्र ओली र प्रचण्डपछि नेपाल र थापाका गुट शक्तिशाली रहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर