newskoseli.Com

बुढ्यौली घटाउने फर्सीका अरु के–के छन् फाइदा ?

सामान्य तरकारीका रुपमा प्रयोग गरिए पनि फर्सीमा थुप्रै औषधीय गुण रहेका छन् । गाउँघरदेखि सहरबजारसम्म प्रचलित फर्सीलाई वर्ष दिनसम्म पनि सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ ।

फर्सी हरियो, रातो, पहेंलो, सेतो, सुन्तलालगायतका रङहरुमा पाइन्छन् । फर्सी विश्वभरि उपयोग हुने कारणले नै २९ सेप्टेम्बरमा ‘पम्पकिन डे’ समेत मनाइन्छ । फर्सीमा ९० प्रतिशत पानी हुन्छ । यसलाई फलको श्रेणीमा समेत राखिन्छ । शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसका प्रमुख प्राकृतिक स्रोतमध्ये फर्सी पनि एक हो । यसको नियमित उपयोगले उमेरको प्रक्रिया (बुढ्यौली) लाई समेत मत्थर पार्ने विश्वास गरिन्छ ।

आहार विशेषज्ञहरुका अनुसार फर्सी हृदयरोगीहरुका लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रोल कम गर्न, शरीरमा चिसोपन कायम राख्न र मूत्रवद्र्धकका रुपमा समेत लाभदायक छ । यसमा प्रचूर मात्रामा रेशा (फाइबर) पाइन्छ । त्यसैले पेटको गडबढीमा समेत फर्सी लाभदायक छ । फर्सीले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

यसले प्याङ्क्रियाज/अग्न्यासयलाई समेत सक्रिय पार्छ । त्यसैले चिकित्सकहरु मधुमेहका रोगीलाई फर्सी खान सल्लाह दिन्छन् । फर्सीको रस समेत फाइदाजनक मानिन्छ । यसमा मुख्यतः बिटा केरोटिन पाइन्छ । यसमा कार्बोहाइड्रेड, भिटामिन ‘ए’ तथा ‘सी’ र पर्याप्त मात्रामा खनिज लवण पाइन्छ । पहेंलो र सुन्तला रङको फर्सीमा केरोटिनको मात्रा बढी हुन्छ । फर्सीको बियाँ फलाम, जिंक, पोटासियम र म्याग्नेसियमको राम्रो स्रोत हो । –कान्तिपुरबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर