सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्योपचार र औषधि समेत पाउन नसकिरहेका बेला सांसदहरूका लागि भने औषधोपचारवापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानी समेत राज्यले नै गर्दै आइरहेको छ ।
निजी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै व्यहोर्दै आइरहेको छ । अधिकांश सांसदले निजी अस्पतालमा उपचार गरेवापत संघीय संसद् सचिवालयबाट रकम लिने गरेको पाइएको छ । १ वर्ष २ महिनाको अवधिमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत रहेका १ सय २५ सांसदले स्वास्थ्योपचार खर्चका नाममा २६ लाख २७ हजार २ सय १० रुपैयाँ लिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
यी हुन् धेरै रकम लिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुः
प्रकाशमान सिंह १,३२,७३१।–
ज्ञानकुमारी छन्त्याल ४७,५५३।–
नरपति लुवार ४१,५५५।–
प्रमिला कुमारी ३७,३५०।–
घनश्याम खतिवडा ३५,११३।–
मीना पाण्डे ३३,९७५।–
नरमाया ढकाल ३३,०४२।–
दुलारीदेजी खत्वेनी ३२,६८१।–
लक्ष्मणलाल कर्ण ३१,६५०।–
नारायणप्रसाद खतिवडा २६,२८२।–
चन्द्रबहादुर खड्का २१,६६४।–
सुजाता परियार १५,४८४।–
१४ भदौ, २०७५ देखि १ माघ, २०७६ सम्म सो रकम सांसदहरूलाई भुक्तानी दिएको पाइएको खबर प्रशान्त वलीको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।