नेपाली युवाका लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भए पनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।
विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।
रोजगारीका लागि हालसम्म मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सय जनाले विभिन्न कारणले ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेको खबर गोपाल संग्रौलाको बाइलाइनमा सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।