newskoseli.Com

४ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे : काठमाडौंकै सडकको हालत

संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको ४ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे भएको छ । चाबहिल–साँखु सडक खण्डमा निर्माण कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले ४ वर्षमा पनि कालोपत्रे सम्पन्न हुन सकेको छैन ।

त्यस खण्डको कालोपत्रे सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षको अवधिमा दुई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई लिएर अवलोकन गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिकमन्त्री रघुवीर महासेठको स्थानमा केही महिनाअघि वसन्त नेम्बाङलाई नियुक्त गरेका छन् ।

नेम्बाङले त्यस क्षेत्रको अवलोकन गर्दै चाँडो काम सक्न निर्देशन समेत दिएका थिए । राजधानीकै निर्माणकार्यमा भैरहेको ढिलासुस्तीसम्बन्धी यो खबर टेनिस रोकाको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर