‘मिस वर्ल्ड’ को आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइको छ । विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा हेरिने ‘मिस वर्ल्ड’ को पछिल्लो (६९औं) संस्करण बेलायतमा भएको थियो ।
सो प्रतियोगिता नेपालमा आयोजना गर्नका लागि पहिलो चरणको छलफल गर्न बिहीबार ‘मिस वर्ल्ड’ की अध्यक्ष जुलिया मोर्लेसहितको टोली काठमाडौं आइपुगेको छ । अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् ।
‘संसारकै सुन्दरीहरुको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरुमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’– छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए । नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मार्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् ।
प्रतियोगिता गर्न नेपालले उपलब्ध गारउन सक्ने स्रोत–साधन र सुरक्षा बारेमा उनले चासो रोखेकी थिइन् । त्यसो त ‘मिस वर्ल्ड’ ले यसअघि नै ७०औं वार्षिकोत्सव सहितको प्रतियोगिता थाइल्याण्डमा हुन सक्ने घोषणा गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।