संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपालले चौथो स्थान कायम गरेको छ । यसअघि नेपाल पाचौं स्थानमा थियो ।
शान्ति सेनामा सैनिक तथा प्रहरी पठाउने पठाउने विश्वका १ सय २२ मुलुकमध्ये जनवरी १ देखि नेपाल चौथो मुलुकमा उक्लन सफल भएको हो । हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत खटिने गरेका छन् । हाल यो संख्या ५ हजार ६ सय ५८ रहेको छ ।
शान्ति स्थापना कार्यका लागि हाल नेपाली सेनाका ५ हजार ९६ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट ५ सय ६२ फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ रहेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।