newskoseli.Com

सडकका खाल्डाखुल्डीले रातभर अनिँदो, थप सुविधाविनै दिनरात काम

अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुकासम्म खाल्डाखुल्डी भएका ठाउँ बिहानै पुग्दा कालोपत्रे भैसकेको देखिने क्रम बढिरहेको छ ।

काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनका झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । आवधिक मर्मतसहित अहिलेसम्म उपत्यकामा झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ, प्रधानमन्त्रीका पूर्वाधारविज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाका सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्डाखुल्डी पुर्ने काममा परिवर्तन आएको हो ।

तर, त्यही परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निद्रा भन्न पाएका छन् न त सार्वजनिक बिदा । त्यति मात्र हाेइन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधाविना नै काम गरिरहेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले आफू बिहीबार रातभरि काममा खटिएको बताएको खबर टेनिस रोकाको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर