newskoseli.Com

काठमाडौंका ६ ठाउँमा ‘वाटर एटीएम’, २ रुपैयाँमा एक कप पानी

राजधानीका ६ स्थानमा अत्याधुनिक प्रविधिका ‘वाटर एटीएम’ राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।

अबको करिव एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका सहरी योजना आयोगले जनाएको छ । २ सय मिलिलिटरका कपमा प्रतिकप दुई रुपैयाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्ने समेतको प्रविधि जडान गरिएको छ ।

दुई रुपैयाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपैयाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर