अहिले कोरोनाभाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइन बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्यास आयात गर्ने भएको छ ।
काठमाडौं उपत्यकालगायतका उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइन सक्ने त्रास चिर्न होलीको बिदाका दिन पनि ग्यास आयात गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
अहिले बजारमा देखिन थालेको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायतका अत्यावश्यक वस्तु आगामी १० महिनासम्म पुग्ने गरी मौज्दात रहेको बताएको खबर मधुजंग पाण्डेको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।