newskoseli.Com

‘इन्चार्ज बन्न’ किन मान्दैनन् महिला प्रहरी ?

फाइल तस्बिर

यसपालिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने थियो । कार्यालयको कामदेखि ज्यालासम्म अर्थात् हरेक कुरामा समानता भनिएको छ ।

श्रीमान् कर्मचारी, महिला पनि कर्मचारी छ भने महिलाले कार्यालयबाट आएपछि घरको सम्पूर्ण काम गर्नुपर्ने तर श्रीमानले भने आराम गर्ने कुरा चर्चाको शिखरमा छ । यद्यपि बहुसंख्यक यस्ता छैनन् ।

समानताको कुरा गरिरहँदा बाँकेको प्रहरीमा के छ अवस्था ? कति छन् त महिला प्रहरी इन्चार्ज ? खुल्दुली लाग्नु स्वाभाविक नै देखियो । बाँकेमा महिलाले इन्चार्ज भएर चौकी हाँकेको अत्यन्तै न्यून छ । भर्खरै ढकेरीमा महिला इन्चार्ज पुगेकी छन् । कार्यालयभित्रको प्रशासन, महिला सेल, उजुरी छानबिन, उजुरी लेखन, अदालतमा महिला इन्चार्ज छन् ।

तर, चौकीमा भने इन्चार्ज भएर जान महिलाले इच्छा नदेखाएको एसपी वीरबहादुर ओलीको भनाइ छ । बाँकेमा ६२ युनिट छन् । १ सय ५० महिला प्रहरी छन् । इन्चार्ज हुन योग्य अर्थात् असई एक दर्जन जति छन् । एसपी ओलीले भने– ‘फिल्डमा इन्चार्ज भएर आफ्नो कार्यकौशल देखाऊ भनेर पठाउन खोज्दा जान मान्दैनन्, महिला अगाडि बढ्नै मान्दैनन् ।’

महिला प्रहरीको अनौठो शैलीसम्बन्धी यो खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर