newskoseli.Com

डिजेल ट्यांकरले बाटैमा मिसाए मट्टितेल, एउटैबाट २५२ लिटरसम्म चोरी

इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टितेल मिसावट भएको भेटिएको छ । मट्टितेल मिसाइएका डिजेलका थप २० वटा ट्यांकर बाटामै रोकेर राखिएका छन् ।

थानकोट डिपोमा तेल ओसार्ने करिव दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । तेल मिसावट भएका सबै ट्यांकर अहिले हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकर चालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टितेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।

एक व्यवसायीका अनुसार २५ फागुनमा बरौनी रिफाइनरीबाट डिजेल बोकेर आएका ट्यांकरमा मट्टितेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ । डिपो परिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना. ५ ख १३१०, ना. ४ ख २१७९ र ना. ७ ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टितेल मिसावट भएको भेटियो’– स्रोतले भन्यो ।

डिजेल बोकेका तीन वटै ट्यांकर २० किलोलिटर क्षमता हुन् । त्यस्तै, डिजेल बोकेको ना. ७ ख २४७० नम्बरको ट्यांकर २७ फागुनमा परीक्षण गर्दा पनि मट्टितेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाका नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको भएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर