गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरेर विशेष अदालतले बिहीबार पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर अर्थात् २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
सम्पत्ति शुद्धीकरण गरेकामा उनलाई ५ वर्ष कैद हुने समेत ठहर गरेको छ । विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको खबर विकास भट्टराईको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।