newskoseli.Com

‘टुटल’ र ‘पठाओ’ बन्द नहुने, यथावत चल्न दिइने

मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका ‘राइड सेयरिङ’ टुटल र पठाओलाई सरकारले यथावत रूपमा सञ्चालन गर्न दिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव, विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि ती सेवा यथावत रूपमा सञ्चालन गर्न दिने निष्कर्षमा सरकार पुगेको हो । छलफलले उपत्यकाको ‘राइड सेयरिङ’ को नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले रोक्न नसकिने निष्कर्ष निकालेको छ ।

संविधानले नै सवारी तथा यातायातको नियमनलगायतका काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले जनाउँदै आएका थिए ।

यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के–के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको मन्त्री नेम्बाङले बताएको खबर टेनिस रोकाको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर