newskoseli.Com

नेपाल–भारत आउजाउ गर्न ४ नाका मात्रै खुला : कुन–कुन ?

कोभिड– १९ (कोरोनाभाइरस) संक्रमणको जोखिम घटाउन भन्दै भारतले नेपालसँगका प्रमुख चार बाहेकका नाका बन्द गरेको छ ।

दुई देशका नागरिक ओहोर–दोहोरका लागि वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगञ्ज) मात्र खुला राख्ने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो ।

यो व्यवस्था आइतबारदेखि लागू हुनेछ । कार्गी (सामान) ढुवानी भने यस अघिकै व्यवस्थाअनुसार सबै नाकाबाट यथावत रहने खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर