newskoseli.Com

२५ लाख मास्क र १ लाख किट चीनबाट ल्याइँदै

सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख किट ल्याउने तयारी गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र किट एक साताभित्र नेपाल आइपुग्ने छन् । स्वदेशमा पनि मास्क र स्यानिटाइजरको उत्पादन सुरु भएको उनले बताएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर