newskoseli.Com

विनाकाम बाहिर निस्के अब सिधै क्वारेन्टाइन !

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर विनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले अब सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।

अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति प्रहरीले लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारदेखि नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । कोरोना संक्रमित फेला परेपछि सरकारले ११ चैतदेखि देशभर लकडाउन घोषणा गरेको थियो ।

लकडाउन घोषणापछि पनि सुरुआती दिनमा विनाकाम घरबाहिर निस्कनेलाई प्रहरीले सम्झाई–बुझाई छाड्दै आएको थियो । सरकारको निर्णयविपरीत विनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, विनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ’– महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले भनेको खबर महेश्वर गौतमको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर