newskoseli.Com

स्वास्थ्य उपकरण खरिद घोटाला : प्रधानमन्त्रीले सोध्दा पोखरेल र ढकाल मौन !

स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको सर्वत्र प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे– ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’

आफूलाई समेत पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि मन्त्रिपरिषदको बैठकमै प्रधानमन्त्री ओलीले त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए । कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्को आलोचना हुन थालेको छ । त्यही भएर खरिद प्रकरणबारे प्रधानमन्त्रीले चासो देखाएको ती मन्त्रीले बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए । ‘प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बैठकमा खास कुनै टिप्पणी गर्नुभएन,’ ती मन्त्रीले भने– ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो ।’

स्वास्थ्य उपकरण खरिद प्रक्रियामा ठूलो घोटाला भएको भन्दै सर्वत्र उठिरहेको प्रश्नबारे प्रधानमन्त्रीको जिज्ञासा र सम्बन्धित मन्त्रीहरुको मौनतासम्बन्धी यो खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर