newskoseli.Com

कोरोनाका कारण अरु औषधिको ढुवानी ठप्प : बढ्यो जाेखिम र कालोबजारी

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ । स्वदेशी उत्पादन फयाक्ट्रीमै रहेका कारण अभाव सिर्जना हुँदा बिक्रेताले कालोबजारी सुरु गरेका छन् ।

नेपालमा कूल मागको करिव ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ, बाँकी ५५ प्रतिशत भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मनीलगायतका मुलुकबाट आयात हुने गरेको छ । ती सबै मुलुकमा कोरोनाभाइरसको संक्रमणका कारण लकडाउन गरिएको छ ।

नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै जीवनरक्षक औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा अभाव सिर्जना भएको बिरामीको गुनासो छ । क्यान्सर प्रभावित श्रीमतीको केमोथेरापीद्वारा उपचार गराउँदै आएका ज्ञानेन्द्रविक्रम महतले औषधिको अभाव गम्भीर समस्या रहेको बताएको खबर दिनेश गौतमको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर