नेपालमा देखिएको कोरोनाको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्ट्याक्ट ट्रेसिङ सकिएको छैन ।
उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिट आसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ । ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् ।
यसर्थ, उनीसँग सम्पर्कमा पुगेका व्यक्तिहरुले कोरोनाको लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले दुई साता क्वारेन्टाइनमा बसेर पनि थप एक साता घरैमा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने निर्णय सोमबारकाे मन्त्रिपरिषदको बैठकले गरेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।